Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एन्फा विशेष साधारण सभा भदौ २४ मा


सारांश

एन्फा विशेष साधारण सभा भदौ २४ मा
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विशेष साधारणसभा आगामी भदौ २४ गते गर्ने भएको छ।

कार्यसमिति बैठकले संघको विशेष साधारणसभा भदौ २४ मा गर्ने निर्णय गरेको हो। यस्तै संघको नियमित साधारणसभा भने असोज २९ गते गर्ने निर्णय गरेको छ। 

पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय टोलीमा रहँदा घाइते भएका खेलाडीको सम्पूर्ण खर्च संघले नै बेहोर्ने र राष्ट्रिय टोलीका महिला तथा पुरुषको समान पुरस्कार दिने विषयमा पनि अध्ययन गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। महिला प्रशिक्षक तथा रेफ्रीको संख्या बढाउन आवश्यक रणनीति बनाउने निर्णय पनि बैठकले गरेको छ। 

यसैगरी विधान संशोधनसँगै कर्मचारीको सेवा सुविधा, खरिद र मूल्यांकनका लागि विभिन्न समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। तीन स्थानमा महिला एकेडेमी सञ्चालनका लागि अर्को कार्यसमितिमा बजेट र कार्यक्रम पेश गर्ने निर्णय गर्दै महिला राष्ट्रिय टोलीको नकआउट प्रतियोगिता आयोजना गर्न सचिवालयलाई जिम्मा दिएको छ।

बैठकले खेलाडीको बाँकी रहेका पुराना पुरस्कार क्रमिक रुपमा वितरण गर्दै लैजाने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij