Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


सारांश

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
images

काठमाडौं । नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल्दैछ ।

उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै खेल म्यानमारको यांगोनमा हुनेछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि प्रारम्भिक टोली पनि घोषणा गरिसकेका छन् । प्रशिक्षक अनेसे इटाली रहेको अवस्थामा सहायक प्रशिक्षक प्रवेश कटवालले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

३० सदस्यीय प्रारम्भिक टोली :

गोलरक्षक : किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु, सन्तोष खत्री, कुशल फुयाल

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij