Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रजनीकान्तको चलचित्र हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा


सारांश

रजनीकान्तको चलचित्र हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा
images

एजेन्सी। रजनीकान्तको चलचित्र ‘जेलर’ अगस्ट १० मा रिलिज हुन लागेको अवसरमा  चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई बिदा दिएका छन्।

यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । 

रजनीकान्त २ वर्षपछि पर्दामा धमाकादार एन्ट्री गर्दैछन् । जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । थलाइवाको यो एक्सन प्याकचलचित्र हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ ।

‘जेलर’ रजनीकान्तको १६९ औँ फिल्म हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij