Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वकप क्रिकेटको खेलको मिति परिवर्तन


सारांश

विश्वकप क्रिकेटको खेलको मिति परिवर्तन
images

एजेन्सी। एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन गरिएको छ ।

यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ । यो खेल पूर्वनिर्धारित स्थान गुजरातको नरेन्द्र मोदी स्टेडियममा १४ अक्टोबरमा हुने छ ।

१५ अक्टोबरको दिन घटस्थापना (भारतमा नवरात्रीका रुपमा मनाइन्छ) परेका कारण त्यो दिनको खेल एक दिन अघि सारिएको हो ।

भारत र पाकिस्तानको खेलको समय सारिएको कारण अरु खेलको मिति पनि परिवर्तन गरिएको हो । पाकिस्तान र श्रीलंकको खेल पनि अक्टोबर १२ बाट अक्टोबर १० मा सारिएको छ । भारत र पाकिस्तानको खेलको लागि पर्याप्त समय होस् भन्ने हिसाबले यो समय पनि सारिएको हो ।

यसको कारण लखनउमा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल पनि एक दिन अगाडि सारिएको छ । उक्त खेल अक्टोबर १३ मा हुने तालिका थियो भने अब १२ तरिकमा हुनेछ ।

अक्टोबर १४ मा हुने भनिएको इङ्ल्यान्ड र अफगानिस्तानको खेल १५ अक्टोबरमा सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij