Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

महिला विश्वकप फुटबल : क्वाटरफाइनल खेल सुरु


सारांश

महिला विश्वकप फुटबल : क्वाटरफाइनल खेल सुरु
images

एजेन्सी ।  फिफा महिला विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् ।

पहिलो खेलमा दुई युरोपेली राष्ट्र स्पेन र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु भएको छ ।

स्पेनले अन्तिम १६ मा युरोपकै स्वlट्जरल्याण्डलाई तथा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएर क्वाटरफाइनल पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनल खेल एसियन राष्ट्र जापान र युरोपियन राष्ट्र स्वीडेनबीच हुनेछ । यो खेल एडेन पार्ककमा न]पाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा क्वाटरफाइनल खेल्ने टिममध्ये जापान मात्रै पूर्वविजेता हो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij