Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो छ एसियन कप खेलाउने केल्मीको ‘भोर्टेक्स’ बल


सारांश

यस्तो छ एसियन कप खेलाउने केल्मीको ‘भोर्टेक्स’ बल
images

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन कप २०२३ मा प्रयोग हुने केल्मीको आधिकारिक बल ‘भोर्टेक्स एसी२३’ सार्वजनिक गरेको छ ।

अर्को वर्ष कतारमा हुने एसियन कपका लागि समूह विभाजन लगायत सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । एएफसीले आफ्नो अधिकारिक किट प्रायोजक केल्मीको बल प्रतियोगिताका लागि विशेष रुपमा तयार पारेको हो ।

बलमा आयोजक राष्ट्र कतारको रंग समावेश गरिएको छ । यस्तै बलको डिजाइनमा प्रतियोगिताको लोगोको झल्कोसँगै मुख्य लोगो बलको मध्यभागमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij