Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रोनाल्डोले नासरबाट जिते पहिलो उपाधि


सारांश

रोनाल्डोले नासरबाट जिते पहिलो उपाधि
images

एजेन्सी । साउदी प्रो क्लब अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ।

शनिबार राति भएको उपाधि भिडन्तमा अर्को अरब क्लब अल हिलाललाई २-१ गोलले पराजित गर्दै नासर च्याम्पियन बनेको हो।

 खेलको ५१ मिनेटमा माइकलको गोलबाट हिलालले अग्रता लिएको थियो। त्यसपछि क्रिस्टियानो रोनाल्डोले नासरका लागि दुई गोल गरे। उनले खेलको ७४ मिनेटम बराबरी गोल गरेपछि खेल एक्स्ट्रा समयममा पुगेको थियो। ९८ मिनेटमा रोनाल्डोले गोल गर्दा खेलमा नारसले अग्रता लिएको थियो।

खेलमा नारसका दुई खेलाडीले रातो कार्ड पाएका थिए। ७१ मिनेटमा अल अमरीले हिलालका अब्दुलाहलाई फल गर्दा रातो कार्ड पाए। यस्तै ७८ मिनेटमा बोउसालले पनि रातो कार्ड पाउदा नासर ९ खेलाडीमा सीमित बनेको थियो।

गत जनावरीमा क्लबमा आबद्ध भएपछि रोनाल्डोले नासरबाट पहिलो उपाधि जितेका हुन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij