Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेइमार साउदी क्लब अल-हिलालमा जाने


सारांश

नेइमार साउदी क्लब अल-हिलालमा जाने
images

एजेन्सी । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ। ३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ।

२०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका नेइमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए।

उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन्।

नेइमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेका थिए।

नेइमार सम्झौताको खबर पिएसजी र फरवार्ड केलियन एमबाप्पेबीच सकारात्मक वार्तापछि आएको हो। एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा पुन: समावेश भएको २४ घण्टापछि नेइमार साउदी जाने पक्का भएको हो।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij