Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

काठमाडौं जिल्ला क्रिकेट संघमा घले अध्यक्ष, पारस सदस्य


सारांश

काठमाडौं जिल्ला क्रिकेट संघमा  घले अध्यक्ष, पारस सदस्य
images

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले चुनिएका छन् ।

 मंगलबार सम्पन्न संघको चौथो साधारण सभाले नेपाल क्रिकेट संघ (क्यान)का पूर्वउपाध्यक्ष समेत रहेका घलेलाई निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा, कोषाध्यक्षमा विनित ध्वज चन्द चुनिए । 

यस्तै, सदस्यहरूमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँगै अमृता पौडेल, वसन्तराज सत्याल, विजयकुमार शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, साश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चुनिए । 

कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । क्यानको केन्द्रिय निर्वाचन नजिकिँदै गर्दा अहिले जिल्ला निर्वाचन जारी छ । क्यानको केन्द्रिय निर्वाचन असोजमा हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij