सारांश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र धनगढीको फाप्ला क्रिकेट मैदान भारत सरकारले बनाउने लिखित सहमती भएको बताएका छन् ।
चन्दले उक्त सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठमा भारत भ्रमणको समयमा उक्त सम्झौता भएको बताएका छन् ।
धुर्मस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधिन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पछिल्लो एक वर्षदेखि अलपत्र छ ।
उता दुई वर्षअघि नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने बताएको थियो । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) सन् २०१९ मा सम्पन्न भएको थियो ।
सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ७० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो ।