सारांश
काठमाडौं । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।
‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो ।
यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो ।
यस पटकको विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ ।