Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फिफा महिला विश्वकप फुटबल फाइनल : स्पेन र इंग्ल्यान्ड उपाधि जित्ने दाउमा


सारांश

फिफा महिला विश्वकप फुटबल फाइनल : स्पेन र इंग्ल्यान्ड उपाधि जित्ने दाउमा
images

एजेन्सी । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको फाइनल आज सिड्नीमा हुँदै छ ।

स्पेन र इंग्ल्यान्ड पहिलोपटक उपाधि जित्ने योजनामा छन् । इंग्ल्यान्ड लगातार उपाधि भित्र्याउन चाहन्छ । पछिल्लो वर्ष इंग्ल्यान्डले युइएफए महिला युरो जितेको थियो । प्रशिक्षक सरिना विलिंघम टोलीको आक्रमण बलियो बनाउँदै स्पेनको बलियो रक्षापंक्ति भंग गर्ने रणनीतिमा छिन् ।

इंग्ल्यान्डले सेमिफाइनलमा अस्ट्रेलियालाई ३–१ ले हराएको थियो । समूह चरणका तीनै खेलमा हाइटी, डेनमार्क र चीनलाई हरायो । सरिनाको प्रशिक्षणमा इंग्ल्यान्डले ठूला प्रतियोगितामा हालसम्म हार बेहोर्नुपरेको छैन । नाइजेरियाको खेलाडीलाई मैदानमा कुल्चिएपछि दुई खेल निलम्बनमा रहेकी जेम्स फर्कंदा इंग्ल्यान्ड झनै बलियो देखिनेछ । 

स्पेनले बलियो प्रतिद्वन्द्वीको रूपमा फाइनल यात्रा तय गरेको छ । जापानसँग समूह चरणमा पराजित भएयता टोली सतर्क छ । स्पेनले समूह ‘सी’मा कोस्टारिका र जाम्बियालाई हराएको थियो । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा स्विडेनलाई २–१ ले हराएको हो । प्रशिक्षक जर्ज भिल्डाको प्रशिक्षणमा स्पेनले क्रान्ति गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij