Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मेस्सीलाई ४४ औँ उपाधि, नयाँ विश्व कीर्तिमान कायम


सारांश

मेस्सीलाई  ४४ औँ उपाधि, नयाँ विश्व कीर्तिमान कायम
images

एजेन्सी । न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मियामी १०–९ गोलले विजयी बनेको हो ।

११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए । उनले न्यासभिलका मिडफिल्डर रान्डाल लियल र गोलकिपर एलियट प्यानिकोको प्रहार रोकेका थिए ।
messi_oBmEIWHNoH.jpg
undefined

यसअघि खेलको २३ औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फफा पिकल्टले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीसम्म पुगेको थियो ।

देश र क्लबका लागि मेस्सीको यो ४४ औँ उपाधि हो । योसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij