Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि


सारांश

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि
images

सिड्नी। इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन् ।

स्पेन महिला र पुरुष दुवै फुटबल विश्वकप जित्ने दाेस्राे टाेली बनेकाे छ । यसअघि जर्मनीकाे दुवै टिमले विश्वकप जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij