Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बुबाको निधनपछि छोरीको कीर्तिमान


सारांश

बुबाको निधनपछि छोरीको कीर्तिमान
images

एजेन्सी । फिफा महिला विश्वकपको उपाधि दिलाउन फाइनलमा निर्णायक गोल गरेकी स्पेनकी कप्तान ओल्गा कार्मोनाका बुवाको उक्त खेलअघि नै निधन भएको खुलेको छ ।

युवा उमेरमै स्पेनको कप्तानी सम्हालेकी २३ वर्षीया कार्मोनाले फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जित निकाल्दा निर्णायक गोल गरेकी थिइन् । रोयटर्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार लामो समयको रोगका कारण गएको शुक्रबार नै कार्मोनाको बुवाको निधन भएको थियो । फाइनल खेल आइतबार थियो 

 
शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए ।

रोयट्र्सका अनुसार उनका बुवा लामो समयदेखि बिरामी थिए ।

२३ वर्षीय ओल्गाले बाबुको निधन भएको थाहा पाएपछि सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले मलाई हिजो बेलुका हेर्नुभयो । तपाईंलाई म माथि गर्व भयो होला, तपाईंको आत्माले शान्ति पाओस् बुबा ।’ उनले त्यसैमा थप्दै लेखिन्, ‘मलाई थाहा थिएन । खेल सुरु हुनअघि नै मेरो लागि एउटा चम्किलो ताराले मलाई केही विशेष पाउन शक्ति दिइरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij