Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीप लामिछाने एसिया कप खेल्न जाने


सारांश

सन्दीप लामिछाने एसिया कप खेल्न जाने
images

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप आइतबार राती पाकिस्तान जाने भएका छन् ।

सन्दीपको आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी छ । त्यसपछि सन्दीप एसिया कप खेल्न जाने उनका वकिल सरोज घिमिरेले जानकारी दिएका छन् ।

‘अब सन्दीपको आइतबार पेसी छ । हामी अन्तिम फैसला पर्खिरहेका छौं । आइतबार अन्तिम फैसला सम्भावना होइन हुन पर्ने हो । अरु विविध कारणले नहुने भन्ने त्यही दिन थाहा हुने भयो । हामी पछिल्ला ३-४ पेसीदेखि अन्तिम भनेर नै बसेका छौं । एउटा एउटा समस्या निकालेका छन् । त्यसैले गर्दा ठ्याक्कै भन्न सकिँदैन’, घिमिरेले भने ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । नेपाली क्रिकेट संघ (क्यान) ले सन्दीप बिरामी भएको झुटो समाचार दिँदै उम्किन खोजेको थियो ।

एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij