Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

महिला टी-२० सिरिज : नेपालले उपाधिका लागि हङकङसँग खेल्ने


सारांश

महिला टी-२० सिरिज : नेपालले उपाधिका लागि हङकङसँग खेल्ने
images

काठमाडौं । मलेसियामा जारी चारदेशीय ट्वान्टी–२० महिला क्रिकेट शृङ्खलाको नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । 

तीन खेलबाट समान चार अंक जोडे पनि नेपाल शीर्ष, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे । पुछारको कुवेत भने अंकविहीन रह्यो । शुक्रबार नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण खेल १८ ओभरमा घटाएको थियो । 

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपालले १८ ओभरमा सात विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । तर, डकवर्थ लेविस पद्धति (डीएलएस)अनुसार मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो । 

यसअघि नेपालले पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले र दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij