Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा


सारांश

क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा
images

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने भएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् । 

 

बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचन भदौ १५ गते हुँदै छ । बागमती प्रदेश क्रिकेट सङ्घको सदस्यका रूपमा मान्यताप्राप्त काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला सङ्घका प्रतिनिधिहरूले बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij