सारांश
काठमाडौं । एसिया कप खेल्न राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् ।
लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा आइतबार पेसी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि उनी सोमबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । उनको मुद्दामा अर्को पेसी भदौ २१ गतेका लागि तोकिएको छ ।