Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपालका ५ क्रिकेट खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा


सारांश

नेपालका ५ क्रिकेट खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा
images

काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।

लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् ।

बिग ब्यासको ड्राफ्टआगामी सेप्टेम्बर ३ मा हुनेछ ।  बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij