Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य


सारांश

एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य
images

काठमाडौं । कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । 
 
त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए ।

नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए । 

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij