Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित


सारांश

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित
images
काठमाडौं । नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ ।

मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो । पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा निराशजनक प्रदर्शन गर्‍यो ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको हा्े । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो । Rohit-poudel-vs-pakistan-1024x683.jpgपाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो र नेपाल १५औं स्थानमा छन् ।


 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij