Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

महिला टी–२० : नेपालद्वारा मलेसिया ५ रनले पराजित


सारांश

महिला टी–२० : नेपालद्वारा मलेसिया ५ रनले पराजित
images

 काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् ।

जितसँगै दुई अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij