सारांश
काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज बहराइनसँग खेल्दैछ ।
नेपाली समय अनुसार खेल बिहान ११ : १५ मा क्वालालाम्पुरमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा नेपालल घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।
नेपालले गत जनुमा बहराइनलाई ८ विकेटले हराएको थियो । वर्षाको कारण प्रभावित खेलमा बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ३.४ ओभरमै पूरा गरेको थियो । तुलनात्मक रुपमा कमजोर बहराइनमाथि सहज जितको आशा गरिएको छ ।
नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।