Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कपमा आज पाकिस्तानविरुद्ध भारत: क्रिकेटको महाभिडन्त


सारांश

एसिया कपमा आज पाकिस्तानविरुद्ध भारत: क्रिकेटको महाभिडन्त
images
 

एजेन्सी । एसिया कपमा आज उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै सबैभन्दा बढी लोकप्रिय मानिने यस खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ । दुबै टोलीमा विश्वस्टार बलर र ब्याटर छन् । भारतमा विराट कोहली र रोहित शर्मा जस्ता स्टार ब्याटर छन् । पाकिस्तानमा बाबर आजम र मोहम्मद रिजवान छन् ।

भारतमा जस्प्रित बुमराह, मोहम्मद शामी र मोहम्मद शिराज तीव्र गतिका बलरको रुपमा छन् । उता पाकिस्तानमा विश्वकै उत्कृष्ट तीव्र गतिको आक्रामण शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह छन् ।

पाकिस्तानको टोली :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
सन्जु स्यामसन (वैकल्पिक)

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij