सारांश
काठमाडौं । ६औँ एसिया कप क्रिकेट प्रतियोगितामा शनिबार वर्षाले प्रभावित पारेको भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ ।
दुवै राष्ट्रले समान एक अंक पाएका छन् । प्रतियोगिताको आयोजकसमेत रहेको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ ।
समूह ‘ए’मा पाकिस्तान, भारत र नेपाल छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखर अहमेदले शतक बनाएका थिए ।
अब नेपाल र भारतबीच सोमबार खेल हुनेछ । श्रीलंकाको क्यान्डीमा हुने सो खेलमा भारत र नेपालका लागि गर या मरको अवस्था हुनेछ ।