Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप : ओडीआई मान्यता पाएको पाँच वर्षपछि भारतसँग भिड्दै नेपाल


सारांश

एसिया कप : ओडीआई मान्यता पाएको पाँच वर्षपछि भारतसँग भिड्दै नेपाल
images

नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाए पनि सबैभन्दा नजिकको छिमेकी भारतसँग भने खेल्ने मौका पाएको थिएन । नेपालले काठमाडौंमै एसीसी इमर्जिङ कपको उपाधि जितेपछि एसिया कपमा छनोट भएको थियो । एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल भइसकेको छ । 

नेपालले उमेर समूहमा र ए टिमबीचको प्रतिस्पर्धामा भने भारतसँग खेलिसकेको छ । र एक पटक यू १९ मा भारतलाई एकपटक पराजितसमेत गरेको छ । पहिलोपटक सिनियर टिमबीच भोलि हुन लागेको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरमा छ । 

नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij