Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रोहित र विराटसँगको कुराकानी उत्साहजनक : रोहित पौडेल


सारांश

रोहित र विराटसँगको कुराकानी उत्साहजनक :  रोहित पौडेल
images

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा भारतसँगको खेलपछि विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका छन् ।

वर्षाले प्रभावित खेलमा नेपाल भारतसँग डकवर्थ लेविस पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो ।

‘समग्रमा आजको प्रदर्शनबाट म धेरै खुसी छु । विशेषगरि ब्याटरबाट । ओपनरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे । मध्यक्रमका ब्याटरले अझ राम्रो गर्न सक्थे । मेरो बिचारमा २७०-२८० रन राम्रो योगफल हुनसक्थ्यो । समग्रमा खेलाडीको प्रदर्शनमा धेरै खुसी छु’, कप्तान रोहितले भारतविरुद्ध खेलपछि भने ।

खेलपछि विराट कोहली र रोहित शर्मासँग कुराकानी भएको उनले बताए । ‘खेलपछि रोहित शर्मा र विराट कोहलीसँग कुराकानी भयो । छोटो कुराकानी तर उत्साहजनक थियो’, रोहितले भने ।

नेपालले अव सेप्टेम्बर अन्तिममा चीनमा गएर १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता घरेलु मैदानमा टि२० विश्वकप छनोट एसिया खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij