सारांश
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटालाई इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्डले सम्मान गरिएको छ ।
छोटो समयमा डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकाले ग्रोथ लिडरशिप एकेडेमीले इन्टरनेट सेवा प्रदायक विधा अन्तर्गत सापकोटालाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
सापकोटाले प्राप्त गरेको यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको डिश मिडिया नेटवर्कले जनाएको छ ।
डिशहोमले गुणस्तरीय इन्टरनेट सेवा देशभरका प्रमुख शहरहरुमा तीब्ररुपमा विस्तार गर्दै आउनुका साथै बिक्रीपछिको सेवालाई समेत प्रभावकारी बनाउन सफल भएकाले ग्राहकहरुको आकर्षण बढ्दै गएको छ ।