सारांश
काठमाडौं । एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
नेपालले एसिया कप २०२३ मा विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेलेको थियो।
समूह 'ए' मा रहेको नेपालले पाकिस्तानसँग उसकै मैदानमा मुल्तानमा र भारतसँग श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो। यद्यपी नेपाल दुवै खेलमा पराजित भएको थियो। समूह चरणबाटै बाहिरिए पनि नेपाली टिमले भारतसँग गरेको ब्याटिङका कारण अहिले प्रशंसा भइरहेको छ।