सारांश
काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौंं भ्यू टावर निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ ।
स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौं महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।