सारांश
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताएका हुन् ।
“सेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने, “बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ । सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ ।”