Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपालको विश्वकप खेल्ने ऐतिहासिक अवसर समाप्त


सारांश

नेपालको विश्वकप खेल्ने ऐतिहासिक अवसर समाप्त
images

काठमाडौं । नेपाल आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ ।

योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएकोछ ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । नेपालको कमजोर ब्याटिङलाई उक्त योगफल जित निकाल्न पर्याप्त थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij