Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान : ४२ यात्रु लिएर उड्यो भुटान


सारांश

पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान : ४२ यात्रु लिएर उड्यो भुटान
images

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । 

आज भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो । उक्त विमान आज बिहान ६ः३९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।  विमान ८ः५  बजे  फर्किएको छ ।

 

यसअघि गत असार ६ मा चीनको सिचुवानबाट विमान पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली उड्डयन क्षेत्रमा नयाँ ईंटा थपिएको बताएका छन् । “आज नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको छ,” मन्त्री किरातीले विमान अवतरणको भिडियो सामाजिक सञ्जालमा राख्दै भनेका छन् । 

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कुटनीतिक पहल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij