Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सितोरियो करातेमा पुनः दावा गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित


सारांश

सितोरियो करातेमा पुनः दावा गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित
images

काठमाडौं । नेपाल सितोरियो कराते संघको अध्यक्षमा पुनः धावा गुरुङ (दावा) निर्वाचित भएका छन् । 

बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा गुरुङलाई सर्वसम्मत चयन गरेको हो ।

 

यस्तै, नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षहरूमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए ।

सदस्यमा  देवकुमार लामा, प्रकाश मोहन धौवडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मीलनराज प्रसाई, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनीराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाई महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्वा निर्वाचित भए ।

निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपीबहादुर भण्डारी, लोकबहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एक विशेष समारोहबीच सार्वजनिक गर्दै पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij