सारांश
एजेन्सी । ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् ।
ब्रजिलका लागि १२५ औं खेल खेलेका नेइमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे र पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेइमारले गरेको गोल संख्या ७९ पुगेको छ ।
पेले, जसको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो, उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेलमा ७७ गोल गरेका थिए ।