सारांश
एजेन्सी । सिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।
सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । एकदिवसीय खेलको शीर्ष स्थानमा रहेको पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । बाबर ब्याटिङतर्फ विश्व वरीयताको एक नम्बर खेलाडी हुन् । बाबरलाई फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमेदलगायतले ब्याटिङमा साथ दिनेछन् । बलिङतर्फ साहिन साह अफ्रिदी, नसिम शाह, हरिस राउफजस्ता खेलाडी हुनेछन् ।
पाकिस्तान र भारतबीचको खेल भने वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो । अत्यधिक वर्षा भएपछि दोस्रो इनिङ्स सुरु हुनै सकेन । यसपछि दुवै टोलीले समान एक अंक बाँडेका हुन् ।