Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप छनोटका लागि नेपालको फुटसल टोली घोषणा


सारांश

एसिया कप छनोटका लागि नेपालको फुटसल टोली घोषणा
images

काठमाडौं । एसियाली फुटबल महासंघ दवारा आयोजना हुने ए.एफ.सी फुटसल एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार मंगोलियामा हुने छनोटका लागि १४ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । छनोटको नेपाल समूह ‘डी’ मा छ । 

यो समूहमा नेपालसँगै भियतनाम, दक्षिण कोरिया र घरेलु टिम मंगोलिया छन् । नेपालले अक्टोबर ७ मा दक्षिण कोरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

Gaurav-Basnet-Thamman-Bhushal.jpg

नेपाली टिम

गोलकिपर : आशिष डंगोल, सागर गुरुङ

फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सञ्जी स्याङ्तान

आला : आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दीपेश घले

पिभोट : सुजित बुढाथोकी

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij