सारांश
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा स्थगित भएको छ ।
अनलाइनमार्फत गर्ने भनिएको विशेष साधारण सभामा गणपुरक संख्या अपुग भएकोले एन्फाले साधारण सभा स्थगित गरेको महासचिव किरण राईले जानकारी दिए ।
एन्फाले सोमबारका लागि पुन अनलाइनमार्फत विशेष साधारण सभा बस्ने जानकारी दिएको छ ।
सोमबार बस्ने विशेष साधारण सभाका लागि भने जति उपस्थित हुन्छन् त्यहि नै गणपुरक मानिने वैद्यानिक व्यवस्था रहेको राईले बताएका छन् । लेखा परिक्षक नियुक्तीका लागि एन्फाले विशेष साधारण सभा गर्न लागेको हो ।
३२ क्लबले भने भौतिक उपस्थितिमै साधारण सभा गरिनुपर्ने माग राखेका थिए ।