Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

टंकलाल घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन


सारांश

टंकलाल घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन
images

काठमाडौं ।  १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् ।

नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले चीनको हान्झाउमा हुने एसियन गेम्सको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपालको डेपुटी सेफ द मिसनमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र परिषद्को बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ ।
 
प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य सेफ दि मिसनको जिम्मेवारीमा रहने गर्छ । प्रतियोगिताका क्रममा सेफ दि मिसन खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ ।

१९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीका सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij