Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

'नाडा अटो शो २०२३' सुरू, ७५ हजारले अवलोकन गर्ने विश्वास


सारांश

'नाडा अटो शो २०२३' सुरू,  ७५ हजारले अवलोकन गर्ने विश्वास
images

काठमाडौं । काठमाडौंमा ‘नाडा अटो शो’ सुरु भएको छ । 

मंगलबारदेखि सुरु शो भदौ ३१ गतेसम्म चल्ने नेपालकै ठूलो अटो शो मा विभिन्न ब्रान्डका गाडीहरु प्रदर्शनी एवं बिक्रीमा राखिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको अटो शो मा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनदेखि स्पेयर पार्टस् र अन्य अटोमोबाइल सम्बन्धीका स्टल रहेका छन् ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ। कम्पनीहरूले नाडा अटो शोमा नयाँ मोडलका गाडीहरू समेत सार्वजनिक गरेका छन्। 

६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij