Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आजदेखि नेबा बास्केटबल


सारांश

आजदेखि नेबा बास्केटबल
images

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा नेबा प्लस टू थ्री बाई थ्री बास्केटबल प्रतियोगिता  आजदेखि हुने भएको छ ।

सेप्टेम्बर १५ शुक्रबारदेखि सेप्टेम्बर १७ सम्म हुने प्रतियोगितामा उपत्यका भित्रका ३२ ब्वाइज र १३ गर्ल्स टिमले सहभागिता जनाउने संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।

 

लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष तीन स्थानमा रहने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टिमसहित व्यक्तिगत उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यस्था गरिएको संघका कार्यवाहक अध्यक्ष गुरुङले जानकारी दिए ।

‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा हुने छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij