सारांश
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ ।
श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्यो ।
निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।
श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे ।