Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

"थाईल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२३" मा नेपालले जित्यो थुप्रै पदक


सारांश

"थाईल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२३" मा नेपालले जित्यो थुप्रै पदक
images
काठमाडौं । "थाईल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२३" मा नेपालले विभिन्न पदक जित्न सफल भएको छ।
 
375753953_617944723881880_7462883148383220017_n.jpgथाईल्याण्डमा हालै सम्पन्न यस प्रतियोगितामा बाह्र वर्ष मूनि नेपालका खेलाडी मनिल श्रेष्ठले ३५ के जी र सङ्युना मगरले ४० के जी समुहतर्फ गोल्ड मेडल हात पारेका हुन् ।
 
375756193_611138047768132_2879587405055015534_n.jpgत्यस्तै हार्दिक थपलियाले क्याडेट प्लस ७० के जी र रेहन जावेदले १४ वर्षमूनि इण्डिभिजुअल कातामा सिल्भर मेडल प्राप्त गरे।
377121447_971323847291823_5157003567174299646_n.jpg
पदक जितेपछि विविशा वुवा बलराम मित्र संग
 त्यसैगरी जिशम लुङ्गेलीले क्याडेट ५७ के जी, उजीन पण्डित क्षेत्रीले जुनियर ७६ के जी, कविर शर्मा चौलागाईंले ४५ के जी, निमा तामाङले ५५ के जी तथा बाह्र वर्ष मुनिका विविशा अधिकारी, प्रलेश महर्जन, समुन मल्ल, अविधि विश्वकर्माले ४० के जी समुहतर्फ ब्रोन्ज मेडल जित्न सफल भएका छन् ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij