Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्रिकेटमा बालेन र पारसको सहकार्य


सारांश

क्रिकेटमा बालेन र पारसको सहकार्य
images

काठमाडौं । काठमाडौं महानगरपालिका र  बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ ।

काठमाडौंका मेयर बालेन शाह र  बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले काठमाडौंका थप ५० जना व्यक्तिलाई क्रिकेट प्रशिक्षक तालिम सञ्चालन गर्न सहकार्य गर्ने सम्झौतामा हस्तक्षर गरेका छन् ।

जसअनुसार काठमाडौं उपत्यकाका ५० वटा विद्यालय स्तरका प्रशिक्षकलाई आईसीसी लेबल ० प्रशिक्षक तालिम दिइने छ ।
 
यो तालिमको आयोजना बागमती प्रदेश क्रिकेट संघले गर्ने छ भने आवश्यक आर्थिक सहयोग महानगरले दिने छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij