Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप फाइनल आज : उपाधिको लागि भारत र श्रीलंका भिड्दै


सारांश

एसिया कप फाइनल आज : उपाधिको लागि भारत र श्रीलंका भिड्दै
images

एजेन्सी। एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ । घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने सोचमा हुनेछ ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो ।

भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन् । भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने सोचमा हुनेछन् । श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए ।  श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij