Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बैंकले बढाए ब्याजदर, एफडीमा पैसा राख्दा ११.३६ प्रतिशत ब्याज


सारांश

बैंकले बढाए ब्याजदर, एफडीमा पैसा राख्दा ११.३६ प्रतिशत ब्याज
images

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् ।

केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट असोजका लागि नयाँ ब्याजदर तोकेका बैंकहरुले मुद्दती निक्षेप (एफडी) मा अधिकतम ११.३६ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।

प्राइम कमर्सियल बैंकले असोजका लागि ११.३६ प्रतिशत अफर गरेको हो ।  यो भदौ महिनाको तुलनामा ४.२२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १०.९० प्रतिशत ब्याजदर तोकेका थिए । 
 
यस्तै, तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर तोकेका छन् । तर यता, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १०.५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १०.९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए । 
 
भदौका लागि ९.९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोेकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९.९९ प्रतिशत नै ब्याजदर तोकेका छन् । 

यस्तै सानिमा बैंकले ९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत र नेपाल बैंकले ९.२५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १०.९० प्रतिशत, ९.९९ प्रतिशत, ८.९२ प्रतिशत र १०.९० प्रतिशत ब्याजदर तोकेका थिए । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij