Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित


सारांश

साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित
images

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित गरेको छ ।  

त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो । 

पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जफरले करिब ३० यार्ड परबाट गरेको लामो प्रहारले सोझै जाली चुम्दा नेपाली गोलकिपर जियारथ सेखले प्रतिक्रियाको मौकासमेत पाएनन् । 

त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो । 

जितसँगै पाकिस्तानले समूह 'ए' मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij