Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

पारस खड्का क्यानमा सचिवमा उठ्ने


सारांश

पारस खड्का क्यानमा सचिवमा उठ्ने
images

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनमा सचिव पदमा उठ्ने भएका छन् ।

बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष रहेका खड्का चतुरबहादुर चन्दको प्यानलबाट सचिव उठ्ने लगभग पक्का भएको छ । क्यानको अधिवेशन र विशेष साधारण सभा आज सुरू हुँदैछ । साधारण सभा भोली सम्म चल्ने बताइएको छ ।

प्रदेश क्रिकेट संघमा अध्यक्ष पद उठ्ने औपचारिक घोषणा गरेर अघि बढेका खड्काले क्यानको सचिवमा उठ्ने औपचारिक घोषणा भने गरिसकेका छैन । ‘सचिवमा उठ्ने तयारीमा छु । कसरी अघि बढ्ने भन्नेमा आज फेरि छलफल गर्दैछौं, उनले भने, समूह नै बनाएर लड्ने भन्ने त होइन । परिस्थति कस्तो हुन्छ । त्यसकै आधारमा अघि बढ्ने छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेटबाट दुई वर्षअघि सन्यास लिएका खड्काले यसै पटक काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए भने बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले दुई वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij