Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको निर्वाचन आज, को–को छन् उमेदवार ?


सारांश

क्यानको निर्वाचन आज,  को–को छन् उमेदवार ?
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुँदैछ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्नेछ । 

चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।

चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का सचिव पदमा लड्नेछन् । चतुरकै प्यानलमा रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा लड्नेछन् ।

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने चर्चाछ । क्यानको चुनावमा कुल ८४ मत छ । कुनैपनि प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । झापाबाट दुई प्रतिनिधि लाक्पा लामा र मनोज कटवाल आएपछि मताधिकार नै खोसिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij